Fishtail Air Pvt. Ltd. Rotating Header Image

क्याप्टेन रवीन्द्रबहादुर बस्नेत, (हेलिकप्टर पाइलट): कोभिड–१९ का यी नायकहरुलाई सलाम !

क्याप्टेन रवीन्द्रबहादुर बस्नेत, (हेलिकप्टर पाइलट)

दोस्रो भेरियन्टसहित फैलिरहेको कोभिड–१९ (कोरोना भाइरस) का कारण जनजीवन असामान्य बनेको छ । अघिल्लो बर्षभन्दा तीब्र गतिमा फैलिन सक्ने कोभिड–१९ को दोस्रो भेरियन्टका कारण अकाल जीवन विताउन बाध्य नागरिकको सङ्ख्यामा पनि बृद्धि भइरहेको छ । सङ्क्रमण नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाका कारण हवाईलगायत यातायात व्यवस्था पूर्णतः ठप्प छ ।

यस्तो असहज परिस्थितिमा पनि सङ्क्रमण नियन्त्रण र सङ्क्रमितको उपचारका लागि सडकदेखि अस्पतालसम्म, शब बाहनदेखि दाहसंस्कार स्थलसम्म सुरक्षाकर्मी अहोरात्र खटिरहेका छन् । घाम, पानी, हावा हुरीको कुनै पर्वाह नगरी ट्राफिक, जनपद र सशस्त्र प्रहरीले जोखिम मोलेरै रखवारी गरिरहेका छन् । कोरोना सङ्क्रमणका कारण निधन भएकाहरुको शव व्यवस्थापनजस्तो जोखिमपूर्ण कार्यमा नेपाली सेना सक्रिय छ । आफन्त गुमाएर भावविव्हलको अवस्थामा रहेका परिवारलाई आड भरोसा दिने, आत्मियता प्रकट गर्ने बलियो सहयोगी पनि सेना बनेको छ ।

डाक्टर–नर्स,  प्रयोगशालामा काम गर्ने,  स्वाब सङ्कलनकर्ता,  क्वारेन्टिन केन्द्रहरूमा अहोरात्र खटिने,  फार्मेसीमा रहेर सेवा गर्ने,  एम्बुलेन्सका चालक,  अत्यावश्यक वस्तुहरूको सेवा …

Source: https://www.jhilko.com/views/31835/

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*